मुगु । मुगु गमगढी बजारमा मध्यारतिबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन भने हाल सम्म २१ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगु जनाएको छ ।
प्रसाशन कार्यालयका अनुसार हाल सम्म कुनै मानवीय क्षति को जानकारी हाल सम्म प्राप्त भएको छैन । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
आगो निभाउनको लागी प्रयाप्त सामग्री नभएको र पानीको अभाबका कारण आगो नियन्त्रणमा लिन कठीनाई भएको प्रशासनले जनाएको छ । आगो निभाउनको लागी जोडिएको घरहरू भत्काउने क्रम जारी छ ।