Search
Close this search box.
Search
Close this search box.

मुम्बईको तेस्रो जित

screenshot 20230419 090711 chrome

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित हात पारेको छ । मुम्बईले सनराइर्जस हैदराबादलाई १४ रनले हराएको हो।

राजीव गान्धी रंगशाला भएको खेलमा घरेलु टोली हैदराबादले मुम्बईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९२ रन बनायो । कप्तान तथा ओपनर रोहित शर्माले २८ तथा इशान किशनले ३८ रन जोडे । क्यामरुन ग्रिन ६४ रनमा अविजित रहे । उनले ४० बलमा ६ चौका २ छक्का प्रहार गरे । तिलक बर्माले ३७ रन बनाए । टिम डेभिडले १६ रन बनाए । मार्को जानशेनले २ विकेट हात पारे ।

जवाफमा उत्रिएको हैदराबाद १९ ओभर ५ बलमा एक सय ७८ रनमा समेटियो । मयांक अग्रवालले ४८, कप्तान एइडन मार्क्रमले २२, हेरिनक क्लासेनले ३६ रन जोडे । टिम डेभिडले २ रनआउट लिएका थिए । जेशोन बेरेनडर्फ, राइली मेरेडिथ तथा पिउस चावालाले २ -२ विकेट हात पारे ।

जितसँगै ६ अंक बटुलेको मुम्बई तालिकाको छैटौँ स्थानमा छ । मुम्बईले ५ खेलमा ३ खेल जितेको छ । हैदराबाद भने ४ अंकको साथ नवौँ स्थानमा छ । ५ खेल खेलेको उसले २ मा जित हात पारेको छ । आईपीएलको शीर्ष स्थानमा ८ अंकको साथ राजस्थान छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *