मुल्यवृद्धिको मागसहित उखु किसान सडकमा

उखुको मूल्य वृद्धिसहितका विभिन्न माग राखेर चरणवद्ध सडक संघर्ष गर्दै आएका सर्लाहीका किसानले सोमबार सडकमै सुतेर सरकारको विरोध गरेका छन्।

सोमबार दिउँसो इन्दु शंकर चिनी उद्योग नजिकै हरिवनस्थित पूर्वपश्चिम राजमार्गमा सुतेर किसानले उद्योगी र सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

EPIC EPIC EPIC

चिनीको बिक्री मूल्य र उखुको उत्पादन लागतको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गरिनुपर्ने, गत वर्ष बेचेको उखुको सरकारले दिन बाँकी अनुदान बापतको रकम तुरुन्त भुक्तानी दिनुपर्नेसहितका माग राखेर सर्लाहीका किसान दुई सातादेखि आन्दोलनमा छन्।

गएको शुक्रबार हरिवनमा वृहत प्रदर्शन गरेका उखु किसानले आइतबार हरिवनमा प्रतिकात्मक रुपमा कृषिमन्त्री र अर्थमन्त्रीको कुर्सी जलाएर विरोध गरेका थिए।

किसानले पूर्वपश्चिम राजमार्गमा सुतेर सरकार र उद्योगीलाई खबरदारी गरेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *