मृत्यु भएका मतदाताको नाम हटाइएन

दा– दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

“स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्”, उनले भने, “त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ ।” दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उहाँको भनाइ छ ।

EPIC EPIC EPIC

यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ ।
“उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्याङ्क अहिले निकालेका छैनौँ, निर्वाचन आयोगलाई पनि पठाएका छैनौँ”, घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीले भन्नुभयो ।

निर्वाचन आयोगमा दाबी–विरोध परेकाको तथ्याङ्क मात्रै पठाएको तर मृत्यु भएकाको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए । मृत्यु भएकाको यसरी नामावली कटाउने प्रणाली भए सजिलो हुने उनको भनाइ छ । जिल्लामा कूल चार लाख नौ हजार ९०० मतदाता रहेका छन् । विसं २०७४ मा भएको निर्वाचनमा जिल्लामा तीन लाख ७७ हजार पाँच मतदाता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *