Search
Close this search box.
Search
Close this search box.

मेचीनगरको धाइजन ढाटमा माग्दै हिड्ने महिलाको चिसोले कठाङ्ग्रिएर मृत्यु

झापा। झापामा चिसोले कठाङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।

मृतक महिलाको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा रहेको जनाइएको छ । मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर बेहोस भएकी ती महिलालाई बेवारिसे अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

मागेर हिँडिरहेकी अन्दाजी ३० वर्षीया ती महिला केही दिनदेखि धाइजन ढाँट आसपास चिसोमा हिँडिरहेको स्थानीयले देखेका थिए । वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग ती महिलाको उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो । प्रहरीका अनुसार ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *