Search
Close this search box.
Search
Close this search box.

मेचीनगरको नालामा भेटीएको शव पहिचान: मृतक भद्रपुरका अभिलाल

झापाको मेचीनगरस्थित चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको शवलाई परिवारले पहिचान गरेका हुन् ।

सो शव भद्रपुर नगरपालिका ९ घोडामारा बस्ने अन्दाजी ५५ वर्षीय अभिलाल राजवंशीको भएको उनकी श्रीमती सरला राजवंशी र छोरा महेश राजवंशीले प्रादेशिक अस्पताल भद्रपुरमा गएर पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा राजवंशी हिजो मृत फेला परेका हुन् । मृतकको छेउमा एउटा साइकलसमेत फेला परेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *