Search
Close this search box.
Search
Close this search box.

मेचीनगरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्युु, एक घाइते

झापाको मेचीनगर नगरपालिका-१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन्।

मेचीनगर-१३ फुलवासा पुलमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए।

दुर्घटनापछि मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए।

बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका-३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *