मेचीनगरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

झापा। बिहिबार साँझ ८:३५ बजे मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित देउनिया पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बिर्तामोडबाट चारआली तर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई भएको सवारी दुर्घटनामा अन्दाजी ४० वर्षीय चालकको मृत्यु भएको र उनको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनाबाट गम्भिर घाईते भएका उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
सवारीसाधन प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *