Search
Close this search box.
Search
Close this search box.

मेचीनगरमा सवारी दुर्घटना, बुद्धशान्तिका ढुंगेल र रोङका रिजालको मृत्यु

झापा। झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदादुई जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका १२ धाइजन स्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको बोलेरो पिकअपलाई स्कुटीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय झापाकाप्रवक्ताप्रहरी नायबउपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा स्कुटी चालक बुद्धशान्ति ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र सोही स्कुटिमा पछाडि सवार इलामको रोङ गाँउपालिका ५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।
चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटीले सडकको बाँया साइडमा बिग्रिएर रोकि राखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकाउनीहरुलाई उपचारकालागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउन साथचिकित्सकले दुबै जनालाई मृत घोषणा गरेकाथिए ।

दुर्घटनामा संलग्न स्कुटी र बोलेरो पिकअपप्रहरी चौकीचारआलीको नियन्त्रणमा रहेको जिल्लाप्रहरी कार्यालय झापाले जनाएको छ ।रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *