Search
Close this search box.
Search
Close this search box.

मेची प्रादेशिक अस्पतालभित्रै एक कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए

भद्रपुर। झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।

अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC

भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका थिए ।

सिसी टिभी फुटेज हेर्दा शर्मा हिजो राति करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।

आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *