मेरो एक भोट बिक्रीमा छ !

कतै कटकटाउदो नोटको लोभमा,
कतै मदिरामा मातिएको सौखमा,
कतै मासु र चिउरा को भोकमा,
कतै पेट्रोल र पदको सहयोगमा,
कतै पुरातनवादी सोचमा,
कतै पार्टीबादको अफसोचमा,
यहाँ आँफैमा सबै समेटिएका छन्,
हो एक एकभोट यहाँ बेचिएका छन्,

कतै हाताहाती नै छ,
कतै चुनाव पछीलाई बाँकी नै छ,,
म त सही छु भनेर नसोचे हुन्छ,
जान्नेले आफै बेचेको छ,,
नजान्नेको अरुले बेचेर खाईदिएको छ,,

EPIC EPIC EPIC

कोही बेरोजगारी जागिरको प्रलोभनमा,,
कोही आफ्ना आफन्तको सम्बोधनमा,
कहि कसैको करकाप र सासनमा,
कहि बाटो,पानी,बिजुलिको आश्वासनमा,
कोहि चाहेर बिकेका छन कोहि नचाहेर,
कोही आफै खाएर बिकेका छन,,
कोही अरुलाई कोच्याएर बिकेका छन्,,

हो यस्तै ब्यपारीहरुको माहोलमा,,
मैले पनि एक भोट साचेर राख्या छु,
सायद धेरै बहुमुल्य हुन सक्छ केही उमेदवारहरुलाई,
मेरो एक भोट मैले बिक्रीमा राख्या छु,,

तिमी बिकासका योजना लिएर आउ,,
विद्यमान समस्या समाभानको आधार लिएर आउ,
दुरदृष्टी र पारदर्शिता लिएर आउ,,
तिमी काधमा जिम्मेवारी लिएर आउ,,
मेरो भोट बिक्रीमा छ खरिद गर्न सक्ने क्षमता लिएर आउ

न नोटको थाकमा,
न पेट्रोल,न मासु र भातमा,
न कुनै डर धम्की र त्रासमा,
समृद्धि र विकासको
भावि योजना र परिकल्पना लिएर आउ हातहातमा,,
अनि म स्वागत गर्छु तिमीलाई यो चुनावमा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *