Search
Close this search box.
Search
Close this search box.

मोटरसाइकलको ठक्करबाट मृत्य भएका बिर्तामोडका श्रेष्ठको अस्पतालले गलत रिपोर्ट दिँदा विवाद

बिर्तामोड। झापाको बिर्तामोड-८ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६:३० बजे बिर्तामोड ८ को सुकुमवासी टोल जाने भित्री सडकखण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए ।

EPIC EPIC EPIC

घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड ८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रादेशिक अस्पताल भद्रपुरले घाइते श्रेष्ठको निमोनियाका कारण मृत्यु भएको रिपोर्ट दिएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले सही रिपोर्ट नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

चिकित्सकले पूर्णरुपमा जाँच नगरी सो रिपोर्ट दिएको हुनसक्ने भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले दुर्घटनाबाट मृत्यु भएको रिपोर्ट प्रहरीलाई उपलव्ध गराइने जानकारी दिए ।

श्रेष्ठको टाउकोमा चोट लागेको देखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *