Search
Close this search box.
Search
Close this search box.

मोटरसाइकल दुर्घटनाहुँदा मेचीनगरका आचार्यको मृत्यु

झापा । झापामा दुईवटा मोटरसाइकल एक आपसमा जुद्दा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७:२० बजे मेचीनगर १३ चारआलीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे ११ प ४४७८ नं. र बिपरित दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नं. को अर्को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएका थिए ।

दुर्घटनामा मे ११ प ४४७८ नं.मोटरसाइकलका चालक मेचीनगर १३ धाईजन बस्ने ३८ वर्षिय अनन्त आचार्य ,पछाडि सवार भद्रपुर १० बस्ने २६ वर्षिय बिकाश बुढाथोकी , मे ११ प ११३१ नं.को मोटरसाइकलका चालक अर्जुनधारा १० बस्ने १८ वर्षिय मनिष परियार घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि बिएण्डसी हस्पिटल भर्ना गरिएको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक आचार्यको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुने आचार्य ग्लोवल आइएमई बैंक फिक्कल शाखाका प्रमुख रहेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *