मोरङका  कुखुरा व्यवसायीको हत्यामा संलग्न कामदार दम्पत्ती पक्राउ

मोरङको सुन्दरहरैचामा एक जना कुखुरा व्यवसायीको विभत्स हत्यामा संलग्न कामदार दम्पत्तीलाई  प्रहरीले  पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका ९ का कुखुरा व्यवसायी ४९ वर्षीय सहदेव बजगाईँको विभत्स गरि फरार भएका कामदारहरु मोरङ उर्लावारी नगरपालिकाका ४ हाटखोलका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती प्रतिसा पाँचकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राती कुखुरा फारममा बास बसेका व्यावसायी बजगाँईलाई धारिलो हतियार खुकुरी र बन्चरो प्रहार गरि विभत्स रुपले हत्या गरेर कामदार दम्पती फरार भएका थिए । हत्यामा प्रयोग भएको खुकुरी र बन्चरो रगत लतपतिएको अवस्थामा फेला परेको र कामदार दम्पत्ती फरार रहेकोले प्रहरीले हत्यामा उनीहरुकै संलग्नता हुनसक्ने आशंका बलियो भएपछि खोजी तीब्र बनाएको थियो । हत्या गरेर फरार भएका कामदारलाई प्रहरीले सुनसरीको धरान नगरपालिका १२ मा रहेको बलभद्रेश्वर मन्दिरको अरुणोदय धर्मशालाबाट एकैदिनमा पक्राउ गर्न सफल भएको हो ।

EPIC EPIC EPIC EPIC

हत्यामा संलग्न कामदार दम्पत्तीले व्यावसायी बजगाईँको विभत्स रुपमा हत्या गरेको स्वीकार गरेका छन् । तर किन गरे भन्नेबारे खुलिनसेकोले उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले बताए । हत्यामा संलग्न दम्पत्ती गत जेठदेखि बजगाईँको कुखुरा फराममा काम गर्दै आएका थिए ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *