मोरङ -स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर जिल्लाका १७ वटै स्थानीय तहले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका छन् । एक महानगरपालिका, आठ/आठ नगरपालिका/गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९का लागि बजेट सार्बजनिक गरेका हुन् ।
जिल्लाका स्थानीय तहमध्ये सबै भन्दा बढी विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ४ अर्ब १० करोड ३ लाख ३८ रुपैंयाको बजेट प्रस्तुत गरेको छ । स्रोत खुम्चिँदा प्रत्येक बर्ष लक्ष्य अनुसारको राजस्व संकलन गर्न महानगरले सकिरहेको छैन । ०७६÷७७ मा आय २ अरब ४८ करोड २८ लाख २७ हजार ९मात्र ५६५० ०७७÷७८ मा १० महिनामा आय १ अरब ४४ करोड ९९ लाख ९ हजार ९मात्र ३४५० आगामी बर्ष ०७८÷७९ का लागि ४ अरब १० करोड ३ लाख ३८ हजार बजेट प्रस्तुत गरेको महानगरले आगामी वर्षपनि राजस्व संकलन गर्न सक्ने अबस्था देखिएको छैन ।
त्यसैगरी महानगरले आगामी आर्थिक बर्षको बजेट मार्फत खोप खरिदका लागि ३ करोड बजेट विनियोजन गरेको छ । महानगरले यसअघि नै विराटनगरवासीका लागि कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्न सार्बजनिक रुपमै दातृ निकायलाई आग्रह गरिसकेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले खोप नहुँदा महामारी नियन्त्रणमा सकस भएपछि पत्र लेखेर सहयोगका लागि आग्रह गरेका थिए ।
चीनको उहान र उहुँ शहर, अमेरिकी यूएसआईडी, जापानको जाइका तथा सिटिनेट डीआरआरलाई खोप उपलब्ध गराउन आग्रह गरिएको छ ।
बेलायतको डीएआईडी, स्वीट्जरल्याण्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल, भारत, जर्मनीलगायत देशका दूतावासमार्फत खोप सहयोग गर्न महानगरपालिकाले आग्रह गरेको हो ।
दाताहरूलाई भ्याक्सिन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर भीटीएम, एन्टिजेन कीटलगायत सामग्री सहयोगका लागि आग्रह गरिएको भन्दै उनले सहयोग पाउने अवस्था भए संघीय सरकारसँग समन्वय गरेर प्रक्रिया अघि बढाउने बताए ।
त्यसैगरी महानगरलाई पछ्याउँदै सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । त्यसैगरी बेलबारी नगरपालिकाले १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट प्रस्तुत गरेको छ ।
मोरङका अन्य स्थानीय तहले १ अर्ब भन्दा सानो आकारका बजेट सार्बजनिक गरेका छन् । जसमा सबै भन्दा सानो आकारको बजेट ग्रामथान गाउँपालिकाले ४ सय ५२ करोड २ लाख ५८ हजार ४ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोरोनाको कहरका कारण आन्तरिक स्रोत खुम्चिएका कारण मोरङका धेरै स्थानीय तहले आगामी आर्थिक बर्षको लागि सानो आकारको बजेटका ल्याएका छन् ।