मौसमी फ्लुबाट कसरी जोगिने ?

वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन् । कोरोना संक्रमणसँग मिल्दो जुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ ।
फ्लूबाट बच्ने उपायहरुः

१. फ्लू लागेका व्यक्तिहरुबाट टाढै बस्ने
२. आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्ने
३. घरमा कसैलाई फ्लू लागे वा रुघाखोकी लागेको छ भने सबैले मास्क लगाउने
४. मौसमी रुघाखोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्ने
५. खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपिने गरी रुमालले ढाक्ने
६. बेलाबेलामा साबुनपानीले हात धुने
७. हातले आँखा, नाक वा मुख छुने बानी त्याग्ने
८. तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाउने
९. प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुराहरु खाने
१०. गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने
११. सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाउने

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *