म्यानमारमा सेनाको ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएकी एक युवतीको मृत्यु

एजेन्सी। म्यानमारमा सेनाको ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक युवतीको गोली लागेर मृत्यु भएको छ। सुरक्षाकर्मीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो।

EPIC

गत साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली टाउको लागेपछि उनी घाइते भएकी थिइन्। अस्पतालमा उपचारत उनको शुक्रबार मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुई सातायता म्यानमारमा प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्। निर्वाचित सरकारलाई अपदस्त गर्दै म्यानमारको सेनाले फेब्रुअरी १ को दिन कू गरेको थियो। त्यसपछि म्यानमारमा प्रजातन्त्रको पक्षमा निरन्तर प्रदर्शन भइरहेको छ।

फेब्रुअरी ९ का दिन राजधानी नेपिडमा प्रदर्शनमा उत्रिएकी म्या थेह थेह खिनेको टाउकोमा गोली लागेको थियो।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar