Search
Close this search box.
Search
Close this search box.

यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु, बेलुकी यम दीपदान, काग तिहार भने भोलि

काठमाडौं – कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यम दीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

साँझ त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको समितिले जनाएको छ । यस अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

EPIC

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । गाई, गोरु र म्ह पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ ।

मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ बजेर ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । मङ्सिर १ गते भाइटीकाकै दिन नेपाल संवत् ११४१ शुरु हुन्छ । नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते किजा मनाउने निर्णय गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *