Search
Close this search box.
Search
Close this search box.

यसरी अवतरण भयाे पाङ्ग्रा अड्किएकाे बुद्ध एयरकाे विमान (भिडियाेसहित)

काठमाडाैं- विराटनगरका लागि उडेकाे बुद्ध एयरकाे विमान साेमबार बिहान विराटनगर विमानस्थल अवतरण हुन नसकेपछि काठमाडाैं फर्किएकाे थियाे। तर साे विमान काठमाडाैं पनि अवतरण हुन सकेन। 

विमानकाे ल्याण्डिङ गियर अर्थात् पाङ्ग्रा नखुलेपछि विमान अवतरण नभएकाे हाे। त्यसबीच झण्डै २ घण्टा विमान आकाशमै हाेल्ड भयाे।

EPIC

साेमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा प्राविधिक कारण देखाउँदै अवतरण गरेकाे थिएन। काठमाडाैं फर्किएपछि विमानकाे देब्रेपट्टीकाे पाङ्ग्रामा समस्या देखिएकाे थियाे।

बुद्ध एयरका अनुसार त्रिभुवन विमानस्थल अवतरण हुनुअघि विमान झण्डै २४ मिनेट हाेल्ड भएकाे थियाे। 

क्याप्टेन एजी शेर्पाले उडाएकाे जहाजमा चालकदलका ४ जना र ७३ यात्रु सवार थिए। बुद्ध एयरका अनुसार विमानलाई फाेर्स ल्याण्डिङ नगरी एस्युअर्ड ल्याण्डिङ गराइएकाे हाे। विमानकाे पाङ्ग्रा खुलेकाे स्पष्ट देखिएपछि विमान अवतरण गरिएकाे हाे। 

बुद्ध एयरले घटनाकाे सत्यतथ्य पत्ता लगाउने जनाउँदै छानबिन समिति गठन गर्ने बताएकाे छ। 

यसरी अवतरण भयाे विमानः

https://twitter.com/AirBuddha/status/1442380821923438592?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1442380821923438592%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.ukeraa.com%2Fnews%2F2021%2F09%2F27%2F9788

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *