यस बर्ष मेचीनगरका विद्यालयमा बार्षिक परीक्षा नहुने

मेचीनगर । कोरोना संक्रमण बढ्दै गएपछि मेचीनगर नगरपालिका भित्रका बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने भएको छ ।

EPIC

नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखाले यस अघि विद्यालयले लिएको परीक्षाको आधारमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सबै बिद्यालयहरुका नाममा सूचना जारी गरे पछि बार्षिक परीक्षा नहुने तर नतिजा भने प्रकाशन हुने भएको हो ।

नगरपालिकाले नतिजा प्रकाशनको सूचना जारी गरेसंगै अनलाईनको माध्यमबाट बार्षिक परीक्षा लिन नपाइने भएको छ । यस अघि अनलाईनबाट परीक्षा लिएको भए त्यसलाई मान्यता दिइने तर नगरपालिकाले सूचना जारी भए पछि अब अनलाईन माध्यमबाट समेत परीक्षा लिन नपाइने मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताउनु भयो ।

भण्डारीका अनुसार नगरपलिकाले तोकिएको मापदण्ड भित्र रहेर नगरका सबै बिद्यालयले जेठ मसान्त भित्र बार्षिक परीक्षाको नजिता प्रकाशन गरिसक्नु पर्नेछ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar