Search
Close this search box.
Search
Close this search box.

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाउने भएको छ ।
नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पु¥याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ जना व्यक्ति र १०७ संस्था मनोनयनमा परेका थिए।पुरस्कार जितेसँगै विश्व खाद्य कार्यक्रमले १ करोड नर्वेजियन क्रोनर पाउनेछ ।

EPIC EPIC

सन् १९०१ देखि दिन थालिएको नोबेल शान्ति पुरस्कार अहिलेसम्म २४ पटक संस्थाले पाएका छन् । अरू नोबेल पुरस्कारको घोषणा स्वीडेनको स्टोकहमबाट गरिने भए पनि शान्ति पुरस्कार नर्वेको ओस्लोबाट घोषणा हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *