Search
Close this search box.
Search
Close this search box.

यार्सा संकलन क्षेत्रमा लेक लागेर एकजनाको मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

जुम्लाको पातारासी गाउँपालिका–३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यार्सागुम्बा टिप्न पाटनतर्फ जाँदै गर्दा लेक लागेर बिरामी भएपछि पुलु स्वास्थ्य चौकी मुगुमा ल्याइएका उहाँलाई थप उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा उहाँको मृत्यु भएको डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।

जिल्ला अस्पतालमा पोष्टमार्टमपछि अन्त्येष्टिका लागि शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।

यार्सा टिप्न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा उपचार नहुँदा बर्सेनि यार्सा पाटनहरुमा संकलकहरुले ज्यान गुमाउँदै आएका छन् ।

गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिमपहिरोमा परेर मृत्यु भएको थियो । यो वर्ष मुगुम कार्मारोङ गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका दुई दर्जनभन्दा बढी पाटनहरु खुल्ला गर्ने जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *