यी चार मन्त्रीको सांसद पद खोसियो

काठमाडौँ। माओवादी केन्द्रबाट मन्त्री बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीको सांसद पद खोसिएको छ। रायमाझी ऊर्जा, भट्ट उद्योग, शाह शहरी विकास र चौधरी श्रम मन्त्री रहेका छन्।

EPIC

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाले सोमबार संसद सचिवालयलाई पठाएको पत्र आजको प्रतिनिधिसभा बैठकमा सभामुखले पढेर सुनाएसँगै उनीहरू सांसद पदबाट मुक्त भएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar