काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन ।
नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्ने आफ्नो मुद्दा स्थापित गर्न आफूले उम्मेदवारी दिएको न्यौपानेले बताए ।
साथै सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । उनले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गुरुङले एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा रहेको बताए ।