Search
Close this search box.
Search
Close this search box.

युवा संघले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाडौं। नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

संघले विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको निम्ति ७७ वटै जिल्लाबाट प्रतिनिधिको उपस्थितिमा विशेष रणनीति बनाउने जनाएको छ।

EPIC EPIC EPIC

वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरु खोज्ने युवा संघले जनाएको छ। संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशीता र नविनतामा आधारिकत योजनाहरु तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने भएको छ।

संघले भेलाको लागि करीब १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरु उपस्थित हुने जनाएको छ। प्रतिनिधिहरुमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय विज्ञ परिषद्, केन्द्रका ३५ विभागबाट पाँच पाँचजना, आठ वटा प्रदेश कमिटीका पदाधिकारी, साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख, ७७ जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीको साइवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख तथा काठमाडौँ उपत्यकाका सम्पूर्ण पालिका अध्यक्षहरु प्रतिनिधि हुने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *