Search
Close this search box.
Search
Close this search box.

युवा संघ कचनकवलद्वारा मेची नदी किनारमा वृक्षारोपण

कचनकवल: नेकपा एमालेको भातृ सङ्गठन युवा संघ कचनकवल गाउँ कमिटीले मेची नदी किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कचनकवल-५ पाठामारी स्थित मेची नदीको तटीय क्षेत्रमा २ सय ५० बिरुवा रोपिएको हो। 

युवा संघका झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्रले बिरुवा रोप्ने मात्र हैन, ती बिरुवाहरूलाई संरक्षण र हुर्काउने प्रतिवद्धतासहित वृक्षारोपण गरिएको जानकारी दिए। उनले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ नारासहित एक युवा पाँच बिरुवा रोप्ने अभियानअन्तर्गत यो कार्यक्रम गरिएको बताए। मिश्रले प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वृक्षारोपण अनिवार्य भएको र त्यसका लागि यो अभियानलाई देशभर फैलाउने लक्ष्य रहेको बताए। “बढ्दो जनसङ्ख्या र समीकरणले प्रदूषण र वन विनाशको समस्या सिर्जना गरेको छ,” उनले भने, “यसको न्यूनीकरणका लागि वृक्षारोपण एक महत्वपूर्ण कदम हो। युवा संघको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियानलाई अघि बढाइरहेको छ।” 

EPIC

कार्यक्रममा पूर्व प्रदेश सांसद बसन्त बानियाँ, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, नेकपा (एमाले) कचनकवल गाउँ कमिटी अध्यक्ष कुलबहादुर कार्की, युवा संघ झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्र, गाउँ कमिटी सचिव दुर्गा थापा, इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराई, बिओपी पाठामारीका प्रतिनिधि लगायत युवा संघ गाउँ कमिटीका सम्पूर्ण पदाधिकारी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो। 

वृक्षारोपण कार्यक्रमले पर्यावरण संरक्षणको महत्त्व उजागर गर्दै स्थानीय समुदायलाई पनि यस अभियानमा सहभागी गराउन सफल भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *