Search
Close this search box.
Search
Close this search box.

यूएईबाट पाँच शव ल्याइयो

काठमाडौं – विदेशस्थित नेपाली दूतावासहरुले आफ्नो मुलुकमा मृत्यु भएका कामदारको शव पठाउने क्रमलाई तिव्रता दिएका छन् । सोमबार यूएईको दुबईबाट पाँच जना नेपाली कामदारको शव नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती शवहरु ल्याइएको हो ।

कोरोना महामारी शुरु भएयता विदेशमा मृत्यु भएकामध्ये विभिन्न १५ देशबाट हालसम्म ७ सय ९ जना नेपाली कामदारको शव ल्याइएको वैदेशिक रोजगार बोर्डले बताएको छ । कोरोना संक्रमण तीव्ररुपमा विस्तार भएपछि यूएईबाट मात्र ७६ जना कामदारको शव ल्याइएको छ ।

त्यस्तै वैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएका २५ जना नेपालीको शव पनि नेपाल ल्याइएको छ । कतारको दोहास्थित नेपाली दूतावासले गत माघदेखि चैत मसान्तसम्म उनीहरुको शव नेपाल पठाएको जानकारी दिएको छ । कोरोना महामारी शुरु भएपछि कतारबाट १ सय ३३ जना नेपाली कामदारको शव नेपाल ल्याइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *