यो वर्ष नेपालमा सबैभन्दा बढी रोपाइँ

नेपालमा यस वर्ष धान रोपाइँ ऐतिहासिक रूपमा बढेको एक सरकारी तथ्यांकले देखाएको छ । यससँगै रोपाइँ पनि अहिलेसम्मकै उच्च देखिएको छ । कृषि विभागले सार्वजनिक गरेको रोपाइँको विवरणअनुसार ०७९ साउनसम्म १४ लाख २८ हजार ४ सय ९ हेक्टरमा रोपाइँ भएको छ । ०७८ को तुलनामा धान रोपेको क्षेत्रफल ८५ हजार ५ सय ८९ हेक्टरले बढी हो । विभागका अनुसार गत वर्ष (०७८ साउनसम्म) १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा रोपाइँ भएको थियो ।
रोपाइँ हुने क्षेत्रफल पनि बढेर १५ लाख ४ हजार ४ सय ८६ हेक्टर पुगेको छ । ०७८ साउनसम्म भने यस्तो क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ७ हेक्टरमा मात्रै थियो । एक वर्षमा रोपाइँ हुने क्षेत्रफल १ लाख ३२ हजार ७ सय ८० हेक्टरले बढेको विवरणमा छ । रोपाइँको विवरणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय भने सन्तुष्ट छैन ।
त्यसैले मन्त्रालयले रोपाइँ हुने क्षेत्रफल र रोपाइँ बढेको आधार मागेको छ । उसले सातै प्रदेश सरकारसँग रोपाइँको क्षेत्रफल बढेको पुष्टि हुने आधार मागेको हो । ‘एकै वर्षमा रोपाइँ हुने क्षेत्रफल १ लाख ३२ हजार हेक्टर बढ्नु सानो कुरा होइन । यो ऐतिहासिक हो, विवरण त्रुटिपूर्ण भएको पनि हुन सक्छ,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भन्नुभयो, ‘थप पुष्टि गर्न प्रदेश सरकारसँग जवाफ मागेका छौं ।’ ७ प्रदेशमध्ये प्रदेश १ ले जवाफ पठाएको छ ।

मुलुकमा खेती प्रणाली मनसुनमा आधारित हुन्छ । यस वर्ष समयमै मनसुन सक्रिय भए पनि निरन्तरता पाएन, जसले गर्दा असार २८ सम्म ५४.१३ प्रतिशत मात्रै रोपाइँ भएको विभागले नै सार्वजनिक गरेको विवरणमा थियो । तर साउन ३० सम्म रोपाइँ करिब ९५ प्रतिशत बढेको विवरणमा उल्लेख छ । रोपाइँ हुने क्षेत्रफलसँगै रोपाइँ पनि अस्वाभाविक रूपमा बढेको देखिन्छ ।
गत वर्ष पनि पानी राम्रो परेको थियो । तर एकै वर्षमा १ लाख ३२ हजार क्षेत्रफल बढ्नु प्रश्नयोग्य रहेको रेग्मीको भनाइ छ । मुलुकमा २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमिमध्ये १७ लाख ६६ हजार हेक्टर मात्रै सिँचाइयोग्य छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार ०७७/७८ सम्म १५ लाख ९ हजार ४ सय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । जानकारका अनुसार रोपाइँ हुने क्षेत्रफल ह्वात्तै बढ्न राष्ट्रिय कार्यक्रम चाहिन्छ । नयाँ जमिनमा धान खेती वा पाखो जमिनमा सिँचाइ खेतीको कार्यक्रम हुनुपर्थ्यो, त्यसो नभएको अवस्थामा सार्वजनिक गरिएको विवरणमा त्रुटि हुने सम्भावना रहने जानकारहरू बताउँछन् । विवरण त्रुटिपूर्ण देखिए सार्वजनिक गरिएको विवरण पुनः सच्याइने रेग्मीले बताउनुभयो।

EPIC EPIC EPIC

कान्तिपुर अनलाइनका अनुसार मनसुन औसतभन्दा पछाडि धकेलिँदा बर्दिया र कैलाली क्षेत्रमा लगाइएको धान डुबानमा परेको छ । करिब एक साता आएको लगातारको वर्षाले बर्दियाको राजापुर र कैलालीको केही क्षेत्रमा असर पुगेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धेरै ठाउँमा किसानले धान काटेका छैनन् । पानीले डुबानमा परे पनि गत वर्षको जस्तो नोक्सानी नगर्ने बताइएको छ।

यसैबीच कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग हाल ५५ हजार टन मात्र मल मौज्दात रहेको कृषि मन्त्रालयले बताएको छ । युरिया, डीएपी र पोटास गरी ५५ हजार टन मल मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलको भनाइ छ । थप मल आयात हुने क्रममा रहेकाले आगामी सिजनमा मल अभाव नहुने उहाँको दाबी छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग युरिया मल ७ हजार ९८०, डीएपी ४२ हजार ९९३ र पोटास ४ हजार ३२२ टन मौज्दात रहेको सञ्जेलले जनाउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *