Search
Close this search box.
Search
Close this search box.

यो साता सुनको मूल्यमा बन्यो कीर्तिमान

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेको महासङ्घले जनाएको हो ।

गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ थियो । यस्तै, गत शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ थियो । जसमा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३५ सय रुपैयाँको वृद्धि आएको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम छ । यो नेपाली सुनचाँदी बजारमा अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको थिएन ।

यो साता लगातार यसअघिको कीर्तिमानी मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । यो साताको बिहीबार नै सुनको मूल्य १ लाख २७ हजार ९०० रुपैयाँ कायम हुँदै यसअघिको कीर्तिमान तोडेको थियो । जुन कीर्तिमान पुनः शुक्रबार तोडिँदै सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको हो ।

यो साता चाँदीको मूल्य समेत प्रतितोला २५ रुपैयाँले बढेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *