Search
Close this search box.
Search
Close this search box.

रगत अभावको समस्या टार्न कोरोना कहरकाबिच बुधबारेमा रक्तदान सम्पन्न

बुद्धशान्ति । कोरोना भाइरसका कारण झापामा रगत अभाव भइरहेको बेला बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघ बुद्धशान्तिको संयुक्त आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार ११ बजेदेखि उद्योग बाणिज्य संघको सभाहलमा भएको रक्तदानमा २६ पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक अग्नेश दाहलले बताएका छन् ।

आवश्यक स्वास्थ्य सर्तकता अपनाई रक्तदान सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले धन्यवाद दिएका थिए ।

त्यस्तै बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले रगतको अभावले विरामीले समस्या भोग्नु नपरोस् भनेर र स्वास्थ्य मापदण्डको पूर्ण सावधानी अपनाएर कार्यक्रम सम्पन्न भएकोमा रक्तदान गर्नुहुने उद्योगी व्यवसायी सहित सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा कार्यक्रम भएको हो । बुधबारे जेसीजले रक्तदान कार्यक्रम गरेको यो दोस्रो पटक हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *