Search
Close this search box.
Search
Close this search box.

रतुवा खोलाले जिप बगाउँदा दुई जना बेपत्ता

इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको छ।

उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए। ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने एक जना सात वर्षका बच्चा र उनको आमा बेपत्ता भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले जानकारी दिए।

घटना केहीबेर अघि भएको हो। गाडीको नम्बर भने खुलिसकेको छैन।

इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटना भएको हो भनेर अपुष्ट जानकारी आएको बताए।

‘अपुष्ट जानकारी हामीलाई आएको छ। खबर अनुसार २ जना बेपत्ता भएका छन्। प्रहरीलाई घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने। 

रतुवा खोलाको बाटो भएर गाडीहरू आवतजावत गर्ने गर्छन्।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *