Search
Close this search box.
Search
Close this search box.

रमाइलो सेवा समूहको वार्षिकोत्सवमा खाद्यन्न सहयोग

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको रमाइलो सेवा समूहले आफ्नो संस्थाको वार्षिकोत्सव सोमबार सामाजिक माग गर्दै मनाएको छ ।

कानकाई–४ मा रहेको पुकार अपाङ्ग अशक्त समाज झापामा नगदसहित खाद्यन्न सामाजिक काम गर्दै वार्षिक उत्सव मनाएको संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

संस्थाका पदाधिकारीको सहभागितामा सहयोग सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । सामाजिक सञ्जालबाट बनाएको संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

स्वदेश तथा विदेशबाट समेत सहयोग जुटाएर नेपालमा सामाजिक काम गर्दै आएको बताइएको छ । पुकार अपाङ्ग अशक्त समाज झापामा १८ जनाभन्दा धेरै बालबालिका रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *