काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई प्रतिवादी बनाइएको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पुस ८ गतेदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीको बयान र थुनछेक बहस भएको हो ।
यही क्रममा बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएको छ । योसँगै अब रवि लामिछानेसहित प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा वा साधारण तारेखमा छाड्ने आदेश अदालतले दिनेछ । यसको तयारी भइरहेको छ ।
प्रतिवादी प्रतिवादीहरूको बयान सकिएपछि पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । दुवै पक्षको कानुन व्यवयायीको बहसपछि पुनः सरकारी वकिलले जवाफी बहस गरेका थिए ।
सभापति लामिछानेसहित केही प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्र् िशुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।