काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एमव् निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाने भएका छन् ।
उनी आज संसदीय दलको कार्यालय जाने भएका हुन् । उनले संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूसँग भेट गर्ने बताइएको छ ।
यस्तै उनले सभामुख देवराज घिमिरेसँग पनि भेट गर्ने जानकारी दिइएको छ । आजबाट संसदको हिउँदे अधिवेशन सुरू हुँदैछ ।
अधिवेशन सुरू हुनुअघि उनले सांसद र सभामुखसँग भेट गर्ने भएका हुन् ।