Search
Close this search box.
Search
Close this search box.

रसुवामा कोरोना संक्रमितको संख्या १ सय ६ पुग्यो

रसुवा । रसुवामा कोरोना संक्रमितको संख्या करिब १ सय ६ पुगेको छ। स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका ३ जना तथा अन्य चार जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या १ सय ६ पुगेको हो।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा ४८ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये ४४ जना होम आइसोलेसनमा र ४ जना आइसोलेसनमा बसेका छन्। बाँकी संक्रमित निको भइसकेका छन्।

हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा १५ जना, आमाछोदिङ्मोमा १, कालिकामा ४०, उत्तरगयामा २३, नौकुण्डका ९ र बाहिरी जिल्लाका १८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा गोसाइँकुण्डमा ७, कालिकामा २१, उत्तरगयामा १६ गरी ४८ जना होम आइसोलेसनमा रहेका छन्। नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा अहिले कोरोना संक्रमित छैनन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *