Search
Close this search box.
Search
Close this search box.

रहेनन् विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापा

काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए । 

मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थापाको मंगलबार अपराह्न ४ बजे २५ मिनेटमा निधन भएको पाण्डेले बताए । अन्तिमपटक गरिएको पिसिआर परीक्षणमा थापामा कोरोना नेगेटिभ आएको थियो । थापाले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन दृढसंकल्पित रहेको पाण्डेले बताए ।

EPIC EPIC EPIC

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ । साथै, यहीबीचमा पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय पनि भएको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले शोक वक्तव्य जारी गरी जनाएका छन् । 

‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहं भूमिका छ,’ मिश्र र पाण्डेले भनेका छन्, ‘थापाले अंगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्नेछ । यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्यलाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ ।’

#भावपुर्ण श्रद्धाञ्जली उज्ज्वल थापा।।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *