Search
Close this search box.
Search
Close this search box.

राजस्व जनताकै हितमा लगानी गरियोस्

editorial

देश आर्थिक मन्दीको चपेटामा परिरहेको बेलामा पनि बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्षमा २ करोड ४५ लाख १० हजार ८३ रुपैँया ९ पैसा राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा उक्त रकम राजस्वका रुपमा संकलन भएको हो । सात वटा वडाहरु रहेको बुद्धशान्ति गाउँपालिमा वडा नं ३ राजस्व संकलनको हिसाबले पहिलो स्थानमा रहेको छ । ३ नं वडा ले चालु आर्थिक बर्षमा ४२ लाख १३ हजार ५६५.३३ रपैँया राजस्व संकलन गरेको हो । त्यस्तै राजस्व संकलनमा सवैभन्दा कम ७ नम्बर वडाले गरेको छ । ७ नं वडा ले ४ लाख ६० हजार ८ सय ८.९६ रुपैँया राजस्व संकलन गरेको छ ।

वडा तथा गाउँपालिकाले सम्पति कर, व्यवसाय कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, न्यायीक दस्तुर, व्यवसाय दर्ता दस्तुर, नक्सापास दस्तुर, नाता प्रमाणित दस्तुर, घरबहाल तथा जग्गा बहालकर, भूमिकर तथा मालपोत सम्पतिकर, व्यवसायकर, प्रशासनिक दण्ड, जरीवाना कर, मनोरञ्जन कर जस्ता २५ वटा शिर्षकहरमा राजस्व संकलन गर्दै आएका छन् । यसरी संकलन भएको राजस्वको गाउँपालिकाले सही सदुप्रयोग गर्नुपर्छ । जनताले खाईनखाई राज्यलाई तिरेको कर तथा राजस्व जनताकै हितमा लगानी गरियोस् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *