Search
Close this search box.
Search
Close this search box.

राज्यविरूद्धको कसुरमा नेकपा नेतृ झाक्रीले दिइन् गिरफ्तारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी -नेकपा को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छिन्।

उनले आफू कानुनको परिपालन गर्ने नागरिक भएको भन्दै उनले राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार गिरफ्तारी दिने घोषणा गरेकी हुन् ।

उनले आफूहरूले कहिल्यै पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार हनन नहुने गरी लोकतन्त्र ल्याएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अकुंश लगाउने कोशिस गरेको उल्लेख गरिन् ।

आफ्नो गिरफ्तारीका लागि आएको प्रहरी र सयौं कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गरेर उनले प्रहरी समक्ष गिरफ्तारी दिएकी हुन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा मीन भवन लगिने छ। महाशाखाको भ्यानमा उनलाई चढाएर प्रहरीले लगेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *