रातो बाँदर र बँदेल कृषि हानिकारक वन्यजन्तु घोषित

  • खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही नहुने

काठमाडौँ। वन मन्त्रालयले रातो बाँदर र बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणासँगै अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही हुनेछैन । Advertisement

मन्त्रालयले यसअघि पनि २०८० मंसिर ७ मा बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । मन्त्रालयले माघ १० देखि लागू हुने गरी दुवै जनावरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । ‘लगाएको बालीमा क्षति गरिदिने हुनाले रातो बाँदर र बँदेललाई कृषि हानिकारक जीव घोषणा गरिएको हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले भने, ‘खेतबारीमा आएका बेला लखेट्ने क्रममा बाँदर वा बँदेल मरिहाल्यो भने अब किसानलाई कानुन लाग्दैन ।’

EPIC EPIC EPIC

बाँदर र बँदेल व्यवस्थापनका ५ सर्त

  • रातो बाँदर र बँदेलले बालीनाली वा धनजनको हानिनोक्सानी पुर्‍याए किसानले एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रन सक्ने
  • पक्रिएको बाँदर वा बँदेललाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय वा सो कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित स्थानीय तहको वडा कार्यालयलाई जानकारी दिनुपर्ने
  • बाँदर वा बँदेल धपाउने, लेखेट्ने वा पक्रने क्रममा मरे सम्बन्धित वडाका एक प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का खडा गरी गाड्नुपर्ने, सम्बन्धित कार्यालयमा जानकारी दिनुपर्ने
  • मरेका बाँदर र बँदेलको तथ्यांक सम्बन्धित कार्यालयले प्रत्येक दुई महिनामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा
  • वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित प्रदेश मन्त्रालय र प्रदेश वन निर्देशनालयमा दिनुपर्ने, मरेको बादेल तौलका आधारमा पञ्चकीर्ति मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गरेर सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाभित्र व्यापारिक प्रयोजनबाहेकमा उपयोग गर्न सकिने
  • राष्ट्रिय वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र पक्रन नपाइने

बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेका बाँदर र बँदेलको व्यवस्थापन गर्न कृषि हानिकारक वन्यजन्तु घोषणा हुनुपर्ने माग प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उठ्दै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किसानका प्रतिनिधि संस्थालगायतले खाद्य संकट आउन सक्ने भन्दै बारम्बार अनुरोध गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राविधिक टोली नै खटाएको थियो ।Advertisement

प्राविधिक टोलीले दिएको प्रतिवेदनमा सहमति जुटाएर रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको वन मन्त्रालयका सचिव दीपककुमार खरालले बताए ।

‘अब आफ्नो खेतमा यी वन्यजन्तु आए भने समाउन र धपाउन पाइन्छ,’ उनले भने, ‘धपाउँदा कतै मरिहाले भने के गर्ने भन्ने डर अब नहुने भयो ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ बमोजिम देशभरका निजी खेत, खला, बारीमा आउने रातो बाँदर र सानो जातको बँदेलबाहेकका जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको राजपत्रमा प्रकाशित सूचनामा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *