राप्रपाका अध्यक्ष लिङ्देन झापाको बुधबारे आउँदै

बुद्धशान्ति (पालिका सन्देश) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन झापा आउने भएका छन् । भोलि २५ गते बुधबार बिहान ११ बजे देखि बुधबारे चोकमा हुने आमसभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन बुधबार झापा आउने राप्रपा गाउँकमिटि बुद्धशान्तिका अध्यक्ष नारायण न्यौपानेले बताएका छन् ।

राप्रपा गाउँकमिटि बुद्धशान्तिले आयोजना गरेको आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रवेशको कार्यक्रम समेत रहेको प्रचारप्रसार संयोजक गणेश खरेलले बताएका छन् । हाल देशमा भैरहेको समसामायिक परिस्थिती संगै आउँदै गरेको स्थानीय चुनाव लगायतका विषयवस्तुलाई मध्यनजर गरेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

EPIC EPIC EPIC
पत्रकार भेटघाट गरि कार्यक्रमबारे जानकारी गराउँदै आयोजक

कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन संगै पार्टी प्रवक्ता भक्ति सिटौला, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा समेतले सम्वोधन गर्ने कार्यक्रम रहेको पत्रकार भेटघाटका क्रममा बताइएको छ । सोहि अवसर पारेर पार्टीका संस्थापक वृद्धवृद्धालाई समेत सम्मान गरिने छ । खुल्ला आमसभा बुधबारे चोक वडा नम्बर ३ को कार्यालय छेउमा हुने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *