Search
Close this search box.
Search
Close this search box.

रामचन्द्र पौडेलले भने- मेरा करङको दुखाइ हिजोभन्दा आज बढी छ

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ’प्रहरीको डण्डाबाट आफ्नो करङ पेलिँदा’ हिजो भन्दा आज बढी दुखेको बताएका छन्।

सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै नेता पौडेलले दुखेसो पोखे। आज बिहान सामाजिक सञ्‍जालमा पौडेलले लेखेका छन्, ’असली लोकतन्त्र कहिले साकार हुने ?’ आफ्नो चिन्ता यसमै रहेको पनि उनले बताए।

हिजो गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुग्दा पौडेललाई प्रहरीले धकेल्दै लगेर पक्राउ गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *