रामेछापका स्वयंसेविकाले गरे शान्तिनगर स्वास्थ्यचौकीको भ्रमण

झापा– रामेछाप जिल्ला सुनापति वडा नं ३ हिलेदेबी स्वास्थ्य चौकीका महिला स्वयंसेविकाहरुले बुद्धशान्ति ५ स्थित स्वास्थ्य चौकीको अवलोकन भ्रमण गरेका छन्। स्वास्थ चौकी ब्यवस्थापन, संचालन, महिला स्वयंसेविका परिचालन लगायतका बिषयहरुमा जानकारी लिन सो टोलि बिहिवार अपरान्ह शान्तिनगर आइपुगेको हो।

सुनापति गाउँपालिका प्रशासकिय प्रमुख, श्रीराम ढुङ्गाना सहित २२ जनाको भ्रमणदललाई स्वास्थ्य चौकी शान्तिनगरले एक कार्यक्रम गरी स्वागत गरेको छ।
स्वागत कार्यक्रमलाई शान्तिनगर स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ५ का अध्यक्ष बासुदेव खतिवडाले अध्यक्षता गरेका थिए।

EPIC EPIC EPIC

कार्यक्रममा सुनापति गाउँपालिका प्रशासन प्रमुख ढुङ्गाना, स्वास्थ्य चौकी हिलेदेवी प्रमुख बिरेन्द्र कुमार यादव, सुनापती गाउँपालिका वडा नम्बर ३ का वडासदस्य सुन्तली बिक, स्वास्थ स्वयंसेविका रजनी मोक्तान लगायत १७ जना स्वास्थ्य स्वयंसेविकाको उपस्थिति थियो।

भ्रमण टोलिलाई स्वागत गर्दै शान्तिनगरका स्वास्थ्य स्वयंसेविका चन्द्रकला आचार्यले स्वागत मन्तव्य सहित अनुभव सुनाएकी थिइन् भने बिमला बस्नेतले स्वास्थ्य सम्बन्धि गित प्रस्तुत गरेकी थिइन्।

No description available.

सुनापती गाउँपालिका वडा नम्बर ३हिलेदेवीका स्वास्थचौकी प्रमुख बिरेन्द्र कुमार यादवले भ्रमणले नयाँ कुराहरु सिक्ने अवसर प्राप्त भएको भन्दै,स्वास्थ्य चौकी शान्तिनगर र स्वयंसेविकाको प्रशंसा गरेका थिए।

“शान्तिनगर स्वास्थ चौकिले धेरै कामहरु गरेको देख्यौं, हामीपनि त्यसतर्फ ध्यान दिनेछौं”,उनले भने।

कार्यक्रमको अध्यक्षता गरेका बुद्धशान्ति वडा नम्बर ५ का अध्यक्ष बासुदेव खतिवडाले आफ्नो क्षेत्रमा रहेका स्वयंसेविकालाई पनि अवलोकन भ्रमणहरु आवश्यक रहेको बताए। उनले बिपतका समयमा स्वास्थ्य कार्यकर्ताले खेल्ने भुमिकाले समाजलाई गतिशिल राखेको भन्दै त्यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए।

No description available.

कार्यक्रमको संचालन शान्तिनगर स्वास्थ्य चौकी प्रमुख भरत खतिवडाले गरेका थिए।उनले यस्ता भ्रमणहरुले शान्तिनगर बासीकै शिर उचो बनाएको भन्दै,त्यसको श्रेय दिनरात नभनी खट्ने स्वास्थ्य स्वयंसेविकालाई जाने बताएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *