काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान तीन जना गणकको मृत्यु भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
धादिङमा एक जनाको भीरबाट लडेर, कैलालीमा एकजना सुपरीवेक्षकको हिर्दयघातको कारणले मृत्यु भएको छ भने रसुवामा एकजनाले आत्महत्या गरेको विभागले जनाएको छ ।
विभागका अनुसार मृतकलाई बिमाबापत क्षतिपूर्ति प्रदान गरिनेछ ।
जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए ।