राष्ट्रिय युवा संघद्वारा मेची नदी किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कचनकवल – नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल कचनकवल गाउँ कमिटीले मेची नदी किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कचनकवल-५ पाठामारी स्थित मेची नदीको तटीय क्षेत्रमा ३ सय बिरुवा रोपिएको छ। 

सङ्घका कचनकवल गाउँ कमिटी अध्यक्ष नवराज ढुँगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व प्रदेश सांसद बसन्त बानियाँ, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, नेकपा (एमाले) कचनकवल गाउँ कमिटी अध्यक्ष कुलबहादुर कार्की, युवा सङ्घ झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्र, गाउँ कमिटी सचिव दुर्गा थापा, इलाका प्रहरी कार्यालय बनियानीका सई प्रवीण भट्टराई, बिओपी पाठामारीका प्रतिनिधि लगायत युवा सङ्घ गाउँ कमिटीका सम्पूर्ण पदाधिकारी तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा बोल्दै युवा सङ्घका जिल्ला सचिवालय सदस्य उमेश मिश्रले बिरुवा रोप्ने मात्र नभई ती बिरुवाहरूलाई संरक्षण र हुर्काउने प्रतिवद्धता सहित वृक्षारोपण गरिएको जानकारी दिए। उनले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ नारासहित एक युवा पाँच बिरुवा रोप्ने अभियानअन्तर्गत यो कार्यक्रम गरिएको बताए। मिश्रले नदि कटानलाई न्यूनीकरण गर्दै मलामी आउनेलाई शीतलता दिने अपेक्षा रहेको पनि बताए।

युवा सङ्घको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियानलाई अघि बढाइरहेको छ। बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न आम युवाहरूलाई यो अभियानले प्रेरित गरेको छ। वृक्षारोपण कार्यक्रमले पर्यावरण संरक्षणको महत्त्व उजागर गर्दै स्थानीय समुदायलाई पनि यस अभियानमा सहभागी गराउन सफल भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *