राष्ट्रिय युवा संघ कोशी प्रदेशको युवा भेला सम्पन्न

विराटनगर – राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीको आयोजनामा कोशी प्रदेशको दोस्रो युवा भेला कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कोशी प्रदेश युवा भेला कमिटीका अध्यक्ष अरुण गुरुङले गर्नुभएको थियो भने नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं संगठनका केन्द्रिय इन्चार्ज राजिव पाहारी र राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवे एवम उपाध्यक्ष तथा कोशि प्रदेश उत्त्प्रेरक प्रकास गौतमको विशिष्ट आतिथ्यता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले पद पाउनका लागि मात्र नभई सामाजिक काममा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले संघ संगठनमा नलागेका युवालाई राष्ट्रिय युवा संघमा ल्याउनु मुख्य उद्देश्य रहेको बताउनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

भेलामा वक्ताहरूले नेकपा एमालेका युवाहरूलाई विचार बदल्न आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्ला युवा संघका अध्यक्षहरूले आफ्नो गतिविधिको रिपोर्टिङ पनि गरेका थिए।

राष्ट्रिय युवा संघ नेपाल वृक्षरोपण र रक्तदान कार्यक्रममा सक्रिय रहेको र भविष्यमा पनि युवाहरूलाई उद्यमी बनाएर अगाडि बढाउन आवश्यक रहेको केन्द्रिय अध्यक्ष क्षितिज थेवेको भनाइ थियो। साथै, उहाँले युवाहरूलाई देशमै रोजगारीको अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रमुख अतिथि प्रदीप ज्ञवालीले युवाहरूलाई सक्षम बनाउने र रोजगारीको शृंखला प्रदान गर्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष अरुण गुरुङले यस भेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

यस कार्यक्रममा नेकपा एमाले मोरङ जिल्लाका अध्यक्ष बाबुराम कार्की, राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वत भण्डारी, निरोज पौडेल, युवा संघका सचिवालय सदस्य एवं कोशी प्रदेश इन्चार्ज देवानन्द मेहतो, नेकपा एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतका केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेशका युवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन भने कोशी प्रदेश कमिटी सचिव विनोद रानाले गरेका गर्नुभएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *