राष्ट्रिय युवा संघ झापाको सचिवमा उमेश मिश्र

झापा – राष्ट्रिय युवा संघ, नेपाल झापा जिल्ला कमिटीको ९औं जिल्ला अधिवेशन सम्पन्न भई सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले संगठनलाई थप सशक्त बनाउँदै युवाको सक्रिय सहभागितालाई संस्थागत गर्न नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्ष फूर्वा लामा, सचिवमा उमेश मिश्र, सहसचिवमा शुलभ भण्डारी र शुक्रराज लिम्बू कोषाध्यक्षमा संगिता खतिवडा चयन भएका हुन्।

EPIC EPIC EPIC

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले संगठनको भावी कार्यदिशा र कार्यक्रमहरूको खाका तयार पार्दै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेका हुन्।

नवगठित समितिले युवाको हकहित, अधिकार संरक्षण, र सामाजिक विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष फुर्वा लामाले नवगठित कार्यसमितिलाई एकताबद्ध गर्दै संगठनलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे।

अधिवेशन असोज ९ र १० गते झिलझिलेस्थित वाटर किंगडम पार्कमा सुरु भई आज अध्यक्ष मण्डलले सफलतापूर्वक सम्पन्न गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *