काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ ।
२ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो ।अनलाइन आवेदन भोलि (सोमबार) देखि भर्न सकिन्छ ।
आयोगले यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा निकालेको छ। लिखित परीक्षा भने लोक सेवा आयोगले नै सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ ।
अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ । मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।