Search
Close this search box.
Search
Close this search box.

राहत शिक्षक आन्दोलन: आज सडकमा सिठ्ठी फुकेर प्रदर्शन

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत सामुदायिक विद्यालयका राहत, पेन्सनबाट वञ्चित र कर्मचारीहरूले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले आज माइतीघर मण्डलामा भेला सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् । एक घण्टासम्म सिठी फुकेर विरोध जनाए ।

आन्दोलन गरेको हप्ता दिन बित्दा समेत सरकारले आफूहरुको मागबारे सुनुवाइ नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन सिठ्ठी फुकेको उनीहरुले बताएका छन् । उनीहरुले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए । आज सिठ्ठीको चर्को आवाज सुन्न नसकेर कतिपयले कान समेत थुनेका देखिन्थे ।

सरकारी तथ्यांक अनुसार देशभरमा ३८ हजार २ सय ३८ जना राहत कोटाका शिक्षक छन् । सडकमा ब्यानरसहित धर्ना बसेका उनीहरुले आफूहरुलाई सरकारले नेपाल शिक्षक महासंघसँग गलत सम्झौता गरेर झुक्याएको बताएका छन् । सबै राहत शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायी गर्नुपर्ने, परीक्षामा अनुत्तीर्णहरुलाई उचित रकम दिएर बिदाइको व्यवस्था हुनुपर्ने, सेवा अवधि र उमेर पुगेका शिक्षकलाई पेन्सनको  व्यवस्था गर्नुपर्ने, बाल शिक्षा (ईसीडी) शिक्षक र विद्यालय सहयोगी (कर्मचारी)को सेवा सुविधान बढाउनुपर्ने लगायत माग उनीहरुको छ ।

माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ । यही असोज ३ गतेदेखि आन्दोलन चलाइरहेका छन् । महासंघकाे नेतृत्वमा सँगै सडकमा आएका स्थायी शिक्षकहरू भने सम्झाैताबाट माग पूरा भएकाे भन्दै काममा फिर्ता भइसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *