Search
Close this search box.
Search
Close this search box.

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौं । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।

EPIC EPIC EPIC

दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार भइरहेको छ । जिपको टायर फुस्केपछि दुर्घटना भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *