रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो  ।

EPIC EPIC EPIC

प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरीरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो । उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *